काठमाडौं । बीमा समितिले पुनर्बिमाको आरक्षित २० प्रतिशतमध्ये आधा व्यवसाय हिमालयन रिइन्स्योरेन्सलाई दिने निर्णय गरेको छ । समितिले सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीलाई १०–१० प्रतिशत आरक्षण दिएको हो ।
बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले मन्त्रिपरिषदले दिएको अधिकारका आधारमा यस्तो निर्णय गरिएको बताए । पौडेलका अनुसार अहिले दुवै कम्पनीलाई १०–१० प्रतिशत आरक्षण दिइएको छ जसलाई वर्षेनी २–२ प्रतिशतका दरले घटाएर ५ वर्षपछि आरक्षण शून्य बनाइनेछ ।
नेपाली बीमा क्षेत्रबाट उत्पन्न हुने २० प्रतिशत बिजनेस नेपाली पुनर्बिमा कम्पनीलाई दिनुपर्ने व्यवस्था छ । विगतमा नेपालमा नेपाल रिमात्र सञ्चालनमा थियो । चालु आवदेखि हिमालयन रि सञ्चालन आएपछि समितिले दुवैलाई बराबर बिजनेसको प्रबन्ध गरिदिएको हो ।
हालसम्म आरक्षित २० प्रतिशत व्यवसाय नेपाल रिले नै पाउँदै आएको थियो ।
नेपाल सरकारको समेत लगानीमा स्थापना भएको नेपाल पुनर्बिमा कम्पनीको लागि व्यवसाय सुनिश्चित गर्न यसअघि आव २०७५–०७६ को बजेट वक्तव्यमार्फत सरकारले बिमा लेखाङ्कनको कम्तीमा २० प्रतिशत हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
“नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बिमा कम्पनीहरुले बिमा लेखाङ्कको कम्तीमा २० प्रतिशत अनिवार्य रुपमा नेपाल पुनर्बिमा कम्पनीमा गर्नुपर्ने व्यवस्था मिलाएको छु,” तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आव २०७५/०७६ को लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख थियो ।
बजेटको सोही व्यवस्थाको आधारमा अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट २०७५ असार २० गते बिमा समितिलाई आर्थिक वर्ष २०७५/७६ देखि बिमा लेखमा उल्लेखित बिमाङ्कको २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गराउने व्यवस्था अनिवार्य रुपमा गराउने बिमा समितिलाई निर्देशन दिएको थियो ।
हिमालयन रिले स्थापना भएसँगै आरक्षित २० प्रतिशतमध्ये आधा आफूले पाउनुपर्ने माग गर्दै आएको थियो ।
बीमा समितिका अध्यक्ष सिलवाललाई नेपाल रिका सिईओको प्रश्नः हिमालयन रि किन यति प्यारो भएको ?
विदेशी सञ्चिति जोगाउन हिमालयन रिको बिजनेस सुनिश्चित गरेका हौंः बीमा समिति
३० लाख बढी सर्वसाधारणलाई सेयरधनी बनाउँदै ‘हिमालयन रि’
शेखर गोल्छाले लिए हिमालयन रि अध्यक्षको सपथ, ३० लाखलाई पर्ने आईपीओ आउने
हिमालयन रिले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स
४५ दिनभित्र ७ अर्ब तयार पार्न हिमालयन रिका प्रमोटरलाई बीमा समितिको पत्र
‘हिमालयन रि’ लाइसेन्स प्रकरण अख्तियारमाः आर्थिक चलखेलको आरोप, नयाँ प्रक्रिया थाल्न माग
‘हिमालयन रि’ समुहलाई नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी
हिमालयन रिका लगानीकर्ताले जम्मा गरे ७ अर्ब रूपैयाँ, असार भित्रै सेवा आरम्भ (कसको कति लगानी ?)
हिमालयन रिईन्स्योरेन्स विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियारमा हाले उजुरी
सरकारीबाट खोसेर निजी कम्पनी पोसिँदै, हिमालयन रिले पाउँदै १० प्रतिशत व्यापार
हिमालयन रिको आईपीओ आउने पक्का, कम्तिमा ३० लाख जना सेयरधनी बन्ने
हिमालयन रिको लाइसेन्स प्रकरणबारे अख्तियारले थाल्यो छानविन
सरकारीबाट खोसेर निजी कम्पनी पोसिँदै, हिमालयन रिले पाउँदै १० प्रतिशत व्यापार
‘हिमालयन-रि’लाई कम्पनी रजिस्ट्रार कार्यालयले दियो कारोबार थाल्ने स्वीकृति, उद्घाटन कहिले ?
नेपाल पुनर्बीमा कम्पनीको ५० प्रतिशत व्यवसाय खोसेर हिमालयन रिलाई दिने तयारी
प्रतिक्रिया दिनुहोस्