काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ६ हजार मतको अग्रता बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले १२ हजार ८९२ मत ल्याएका छन्, दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको ६ हजार ८८५ मतमात्र छ ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०९ मत पाएकी छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ । यसैबीच २९ नं. वडाको मत गणना सुरु भएको छ । वडा नं. २९ मा पनि बालेनले नै मत धेरै ल्याइरहेका छन् ।
२९ नम्बर वडामा बालेनले ११९ मत पाउँदा सिर्जनाले १०० र स्थापितले ७१ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्