काठमाडौँ । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । साताको पहिलो कारोबारको दिन १३ सयले घटेको सुनको मूल्य कारोबारको दोस्रो दिन अर्थात् मंगलबार भने २ सय रुपैयाँले बढेको हो । सोमबार सार्वजनिक विदाका कारण सुनचाँदीको मूल्य घटबढ भएन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ९६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि छापावाल सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुन पनि २ सय रुपैयाँले बढेर ९६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । तेजावी सुन आइतबार ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरि चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघी चाँदीको मूल्य १२ सय ४० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्