Shikhar Insurance
National Life

भ्याट १० प्रतिशत, व्यक्तिगत आयकरको सिमा ८ लाख !

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २, सोमबार १३:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा छ । संबिधानमै व्यवस्था भए अनुसार जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९।८० का लागि नयाँ बजेट संयुक्त सदनमा पेश हुनेछ ।

अर्थमन्त्रालयले बजेटका लागि विज्ञ र व्यवसायीहरुसँग व्यापक छलफल गरेको थियो । त्यसका अलावा ११३८ नम्बरको टोल फ्रीबाट पनि मन्त्रालयले आम सर्वसाधारणसँग सुझाव मागेको थियो । टोल फ्रिबाट पनि मन्त्रालयले राम्रा सुझावहरु प्राप्त गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नागरिकहरुले फोन गरेर भ्याटको सिमा १० प्रतिशत काम गर्नुपर्ने सुझाव दिएका छन् । महाराजगञ्ज काठमाडौंका एक नागरिकले फोन गरेर हाल १३ प्रतिशत कायम रहेको भ्याटलाई १० प्रतिशत बनाउनुपर्ने सुझाव दिएका हुन् । उनले होटल तथा रेष्टुरेन्टहरुले असुल्ने १० प्रतिशत सेवा शुल्क समेत खारेज हुनुपर्ने सुझाव दिएका छन् ।

नागरिकहरुले व्यक्तिगत आयकरको सिमा समेत व्यापक मात्रामा बढाउनुपर्ने सुझाव दिएका छन् । व्यक्तिगत तर्फ ६ लाखसम्मको आम्दानीमा आयकर छुट दिनुपर्ने र परिवार हुनेहरुले ८ लाखसम्मको बार्षिक आम्दानीमा आयकर तिर्नुनपर्ने व्यवस्था गर्न भनेका हुन् ।

एक परिवार एक घर मात्रै निर्माण वा खरिद गर्न पाउनुपर्ने, निजी सवारी र सार्वजनिक सवारी साधनका लागि बैंकहरुले फरक फरक ब्याजदर तोक्नुपर्ने सुझाव दिएका छन् ।

एउटै व्यक्ति बैंकर तथा व्यवसायी दुबै भएकाले नै अर्थतन्त्रमा संकट आएको बताउँदै अब बैंकर र व्यवसायी छुट्याउनुपर्ने भनिएको छ । शहरी क्षेत्रमा सहकारीहरुलाई आर्थिक कारोबार गर्न रोक लगाउन पनि माग गरिएको छ । त्यस्तै, सहकारीहरुले घर जग्गामा लगानी नपाउने व्यवस्था गर्न पनि भनिएको छ । पुँजीगत लाभकरको सिमा समेत १० देखि १५ प्रतिशत मात्रै बनाउनुपर्ने भनिएको छ

 

GBIME

प्रतिक्रिया दिनुहोस्