काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले धाधली गरेको आरोप लगाएको छ ।
एमालेले विज्ञप्ति नै निकालेर निर्वाचनमा धाधली भएको आरोप लगाएको हो ।
सत्तारुढ गठबन्धनले तीन चरणमा धाधली गरेको एमालेको आरोप छ । एमालेका अनुसार गठबन्धनले पहिलो चरणमा निर्वाचन पूर्व नै धाधली गरेको थियो । प्रहरी प्रशासन र कर्मचारी तन्त्रलाई अनुकुल सरुवा बढुवा गरेर पहिलो धाधली भएको थियो । एमाले नेता कार्यकर्ता र उम्मेदवारलाई हतोत्साहित गरेको उसको आरोप छ ।
मतदानका क्रममा बुथ कब्जा गरेर गठबन्धनले धाधली गरेको आरोप एमालेको छ । तेश्रो चरणमा मत गणनाका क्रममा पनि धाधली गरेको आरोप एमालेको छ ।
प्रतिक्रिया दिनुहोस्