Shikhar Insurance
National Life

भरतपुर–१ मा काँग्रेस विजयी, मेयरमा रेणुको अग्रता

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १, आईतवार १२:४३
Hyundai
NCELL
NIMB

चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी  नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी छन् । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएकी छन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्