Shikhar Insurance
National Life

उत्तर कोरियामा कोरोनाका कारण पहिलो मृत्यु

सिंहदरबार संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १४:३६
Hyundai
NCELL
NIMB

एजेन्सी । उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ । उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ ।

कोरोनाका एक सङ्क्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले बिहीबार जानकारी दिएको थियो । सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो सङ्क्रमण पाइएको जानकरी दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएका थिए । यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ । यो सङ्क्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्