काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दलले काठमाडौं महानगरपालिकाको वडा नं. ३२ मा चुनावी सहकार्य गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहकार्य गर्ने निर्णय गरेका हुन् ।
एकीकृत समाजवादीकी सीता कँडेल पराजुली सत्ता गठबन्धनबाट वडाध्यक्षकी आधिकारिक उम्मेदवार बनेकी छन् । वडा नं. ३२ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवास र निर्वाचन क्षेत्र हो ।
सो वडामा महिला सदस्यकी उम्मेदवार एकीकृत समाजवादीकी सरिता खनाल, खुला सदस्यमा नेपाली कांग्रेसका सुवास रिमाल र रुद्रकुमार लाकौल गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्