Shikhar Insurance
National Life

डोटीमा रिलायन्स लाइफले यसरी गर्‍यो जीवन बीमाको प्रचार

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला विभाजन गरिए अन्तर्गत गरिएको थियो ।

डडेल्धुराका शाखा-प्रबन्धक लक्ष्मण दत्त पाण्डेयका अनुसार सो कार्यक्रममा स्थानीय सर्वसाधारण विशेष गरि युवाहरुको उत्सुक्तापुर्ण सहभागिता रहेको थियो । यस महत्वपूर्ण कार्यक्रमले सर्वसाधारणमा बीमाको महत्व बढाउने र बजारमा बीमा सम्बन्धी रहेको नकारात्मक भ्रमहरु हटाउन मद्दत गर्ने पनि उनले व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले चालु आर्थिक वर्षभित्र बीमाको दायरा ३३ प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । सोअनुसार समितिले जीवन बीमा कम्पनीहरुलाई स्थानीय निकायमा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गर्न दिएको निदेर्शन बमोजिम रिलायन्स लाइफ इन्स्योरेन्सले डोटीमा उक्त कार्यक्रम संचालन गरेको जनाएको छ ।

सो कार्यक्रममार्फत डोटीबासीहरुमा बीमाको जानकारी बढेको र बीमातर्फ स्थानीयको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । यसबाहेक कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम, पुनर्जागरण कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कम्पनीले अघिल्लो हप्ता कम्पनीले पूर्वी रुकुममा यस्तै कार्यक्रम गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्