Shikhar Insurance
National Life

कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियोः विश्व स्वास्थ्य संगठन

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १३:५२
Hyundai
NCELL
NIMB

कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ ।सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताएको हो । उनले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उनले बताए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि बृद्धि भएको उनले बताए ।

रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्