Shikhar Insurance
National Life

८० करोडको आईपीओ जारी गर्दै पिपुल्स हाइड्रोपावर

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले ८० करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने अनुमति माग्दै बैशाख १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । पिपुल्स हाइड्रोले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणको लागि गरी कुल ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर बिक्री गर्ने अनुमति मागेको हो । आईपीओको बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

२०७८ मंसिर २३ गते सम्पन्न साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पास गरेको थियो । कम्पनीले लमजुङ्ग जिल्लामा सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरीरहेको छ, जसमा नबिल बैंकको नेतृत्वमा एभरेष्ट, ग्लोबल आईएमई, राष्ट्रिय बाणिज्य, कर्मचारी सञ्चय कोष र एचआईडीसीएलले करिब ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनाको निर्माण लागत भने करिब साढे ८ अर्ब रुपैयाँ हुने अनुमान छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्