काठमाडौं । वाणिज्य बैंकमा रहेको निक्षेप सामान्य बढेको छ । पछिल्लो साता निक्षेप ४६ करोड रूपैयाँ बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।
नयाँ वर्ष २०७९ को पहिलो ९ दिनमै वाणिज्य बैंकहरुबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको थियो । त्यसपछिको सातामा भने सामान्य दरमा बढेको हो । वैशाख ९ गतेसम्म बैंकहरूमा ४३ खर्ब ६७ अर्ब १३ करोड रूपैयाँ निक्षेप थियो जुन १६ गतेसम्म बढेर ४३ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ कायम भएको हो ।
यसअवधिमा निक्षेपभन्दा कर्जा ६ गुणाले बढेको छ । कर्जा २ अर्ब ९४ करोडले बढेर ४१ खर्ब ९६ अर्ब ८७ करोड रुपैयाँ पुगेको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्