Shikhar Insurance
National Life

६५ वर्षमै वृद्धभत्ता दिने काँग्रेसको घोषणा, यही बजेटमा आउला ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख २०, मंगलवार १९:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनका लागि बनाइएको प्रचारमुलक सामाग्रीमा काँग्रेसले यस्तो घोषणा गरिएको हो ।

काँग्रेसको आधिकारिक फेसबुक पेजमा ‘नेपाली काँग्रेको प्रतिबद्धता,७० होइन ६५ वर्षमै वृद्ध भत्ता’ लेखिएको फ्लायर सेयर गरिएको छ । भोटको स्रोत बन्दै आएका ज्येष्ठ नागरिकलाई आकर्षित गर्ने हेतुले काँग्रेसले यस्तो एजेन्डा अघि सारेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिले यो फ्लायर तयार पारेको हो ।

यतिबेला देश स्थानीय तह निर्वाचनको संग्राममा छ । नेपाली काँग्रेस सबैभन्दा धेरै जनप्रतिनिधि जितेर ठूलो दल बन्न चाहन्छ । यतिबेलै सरकार पनि काँग्रेसकै छ । त्यसैले पनि आगामी आर्थिक वर्षको बजेटमार्फत् नै ६५ वर्षमै वृद्धभत्ता बाँड्ने घोषणा हुने अनुमान गरिएको छ ।

बजेट बनाउने मन्त्री अर्थमन्त्री भने नेकपा माओवादी केन्द्रका हुन् । उनी काँग्रेस सभापति शेर बहादुर देउवाले भनेको टेर्ने व्यक्ति पनि मानिन्छन् ।

No description available.

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्