Shikhar Insurance
National Life

हिमालयन बैंकका सेयरधनीले लाभांश पाउने, राष्ट्र बैंकविरूद्ध पाटन हाइकोर्टले दियो परमादेश

सिंहदरबार संवाददाता
२०७९ बैशाख २०, मंगलवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश खोल्न परमादेश दिएको छ । लाभांश रोक्न नेपाल राष्ट्र बैंकको निर्देशन विरुद्ध पाटनले परमादेश जारी गरेको हो ।

अब हिमालयन बैंकले पनि लाभांश वितरण गर्न पाउने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि राष्ट्र बैंकले हिमालयनलाई लाभांश बाँड्न दिएको छैन । केन्द्रीय बैंकले हिमालयनलाई गत आर्थिक वर्षको वार्षिक साधारण सभाको अनुमति दिँदा मर्जरको अन्तिम सहमतिपत्रमा हस्ताक्षर नगर्दासम्म सेयरधनीको लाभांश वितरण नगर्न भनेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्भेस्टमेन्टलाई भने यस्तो रोक लगाइएको थिएन । हिमालयन बैंकले गत वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्