काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा किनबेच भएकामा मंगलबार १ हजार रुपैयाँले घटेको हो । यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्