चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा आज नेकपा एकीकृत समाजवादीले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
आसन्न निर्वाचनमा मेयर पदका उम्मेदवार बाबुराम दाहाल, उपमेयर उम्मेदवार रामरति चौधरी, नेकपा एसकी केन्द्रीय नेतृ कल्याणी खड्का र वडा नम्बर २ का उम्मेदवारहरु घरदैलोमा सहभागी थिए ।
उक्त अवसरमा मेयर पदका उम्मेदवार दाहालले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । साथै घरेलु, साना तथा मझौला र कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरी स्वरोजगारी सिर्जना गर्न पहल गर्ने बताए ।
नेकपा एसका उल्लेख्य नेता कार्यकर्ता सहभागी घरदैलोमा वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार रामकुमार खड्का र सदस्यका उम्मेदवारहरु रञ्जु थापा, डोमा थापा, पनिलाल चौधरी र दुर्गा विश्वकर्मा सहभागी थिए ।
बैशाख ३० गते हुने निर्वाचनको प्रचारप्रसार र आफ्नो पार्टीलाई विजयी गराउन मत माग्दै नेकपा एसले चन्द्रपुरको १० वटै वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्