Shikhar Insurance
National Life

पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी बने परिसंघको महानिर्देशक

सिंहदरबार संवाददाता
२०७९ बैशाख १९, सोमबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताउँदै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय छन् । उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरेका छन् । अन्तर्राष्ट्रियरूपमा  ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसकेका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ।

वाणिज्यशास्त्रमा स्नातोक्ततर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् ।

अध्यक्ष अग्रवालले परिसंघमा विगत दुई वर्ष तीन महिना महानिर्देशकको रूपमा रहेका यादवप्रसाद पौड्याललाई उनको योगदानका निमित्त धन्यवाद ज्ञापन गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्