Shikhar Insurance
National Life

एमालेले हरेक मतदानस्थलमा २ सय कार्यकर्ता खटाउने, यस्तो छ रणनीति

सिंहदरबार संवाददाता
२०७९ बैशाख १८, आईतवार १८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

एमाले जनसङ्गठन समन्वय समितिको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्