काठमाडौं । सरकारले निर्माण व्यवासायीहरुसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । मुख्य सचिवस्तरिय निर्णयबाट सरकारले
वार्ता टोली गठन गरेको हो । वार्ता टोलीले महासंघको तर्फबाट पाँच जना प्रतिनिधी पठाउन भनेको छ ।
महासंघका अध्यक्ष रबि सिंहले सरकारी वार्ता टोली गठन भएपछि धर्नाका कार्यक्रम रोक्ने निर्णय भएको बताए । तर कन्स्ट्रक्सन होली डे भने कायमै रहने उनले बताए । ‘सरकारी वार्ता टोली बनेपछि हामीले धर्नाका कार्यक्रम रोकेका छौं तर कन्स्ट्रक्सन होली डे भने कायमै रहन्छ’, महासंघ अध्यक्ष सिंहले सिंहदरबारसँग भने ।
निर्माण व्यवसायीहरुले निरन्तर मूल्य वृद्धि भैरहेकाले सोही अनुसार दर भाउ समायोजनको माग राख्दै सम्पूर्ण निर्माणका कामहरु रोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्