Shikhar Insurance
National Life

सातालाई घटेर बिदा गर्‍यो नेप्से परिसुचकले, पुरानै बाटोमा सेयर बजार

सिंहदरबार संवाददाता
२०७९ बैशाख १५, बिहीबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौँ । साताको अन्तिम दिन नेप्से परिसुचक घटेको छ । बुधबार बढेर झिनो आशा देखाएको नेप्से यसदिन भने २० अंकले घटेर २३५६.१७ को विन्दुमा आएको हो ।

यसैगरी सेन्सेटिभ इण्डेक्स ४.३२ अंक, फ्लोट इण्डेक्स १.४६ अंक र सेण्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार नसकिँदासम्म बढ्ने झिनो आशा देखाए पनि अन्तिम समयमा भने घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २२६ स्क्रिप्टको सेयर किनबेच भए । बजारमा ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर १ अर्ब ४९ करोड ६२लाख ४६ हजार रुपैयाँमा कारोबार भए ।

नेप्से घटेपनि जाल्पा सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । कम्पनीको ५ करोड २५ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए ।

यसदिन कारोबारमा आएका १३ वटै समूहगत उपसुचक घटे । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६९ प्रतिशतले घटेको छ ।

बिहीबार २५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६३ वटाको घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्