Shikhar Insurance
National Life

‘जति मागेपनि बिजुली छ’ भन्ने बोली र लोडसेडिङ गराउने कुलमानसँग पूर्वका व्यवसायी आजित (गुनासो र मागहरू)

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले सुनसरी मोरङ करिडोरमा देखिएको विद्युत समस्या सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । परिसंघले प्राधिकरण प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशकलाई १५ बुँदे ध्यानाकर्षण बुझाएको हो ।

परिसंघले विगत केहि दिन देखि औद्योगिक क्षेत्रमा लगातार विद्युत अवरुद्ध हुँदा भयावह स्थिति उत्पन्न भएको भन्दै विद्युत प्राधिकरण सहित सरकारका सम्बन्धित पक्षहरु संवेदनशील हुनुपर्ने बताएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशको पुरानो सुनसरी–मोरङ औद्योगीक करिडोर क्षेत्रमा पुनः लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मौखिक सूचनाका आधारमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत कटौती सुरु गरेको छ । बुधबार भने बिहान ११ बजेदेखि पुनः बिजुलीको लाइन काटिएको छ ।

नेपालमा उर्जाको क्षेत्रमा खासगरी विद्युत प्रणाली र विद्युत आपूर्ति तथा वितरण प्रणालीमा दुरदर्शिता एवं दीर्घकालिन सोच नपुगेकोले आज सानो प्राकृतिक प्रकोप तथा बाह्य प्रभावमा हामीले ठुलो नोक्सानी र कठिन अवस्था बाट गुज्रिनु पर्ने स्थिति हुने गरेको परिसंघले जनाएको छ ।

विद्युत अभावमा उद्योग हरु बन्द गर्नु पर्ने अवस्था आएमा उद्योगको ताला चाबी सरकारलाई नै बुझाएर बस्नु पर्ने अवस्थाको सृजना नगर्न परिसंघले सचेत गराएको छ ।

परिसंघले बिजुली अभावका विषयमा  सरोकारवाला निकायहरुको विरोधाभासपूर्ण वयान आएकामा आश्चर्य जनाएको छ । विशेष गरी नेपालमा विद्युत उत्पादन माग भन्दा बढी भएको र खेरगइ रहेको भन्ने लगातार भनाइ प्रति परिसंघक असन्तुष्टि छ ।

विद्युत अबरुध्द प्रत्यक्ष असर नेपालको औद्योगिक क्षेत्रको उत्पादनमा परेको परिसंघको भनाइ छ ।

मुलुकका मुख्य औद्योगिक शहर लगायतका प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति बन्द हुँदा प्रत्यक्ष करोडौको क्षति व्यहोर्नु परेको छ परिसंघको भनाइ छ ।

“प्राकृतिक प्रकोप कोरोनाको मार अनि बैकको ब्याजसँगै आर्थिक मन्दी व्यहोरी रहेको उद्योग क्षेत्र लाइ अर्को बज्रपातको रुपमा उत्पादननै  रोकिने परिस्थिति उत्पन्न भएकोले यसबाट उद्योगि ब्यबसायी धरासायी हुने त छदै छन् उद्योग बन्द गर्नु पर्ने परिस्थिति आउदा लाखौं कामदार बेरोजगार हुने राज्यको आर्थिक सामाजिक क्षेत्र समेतमा प्रत्यक्ष नकरात्मक प्रभाव पर्ने तर्फ यहाको ध्यानाकर्षण गराउदै यस परिस्थितिमा अबिलम्ब यस औद्धोगिक करिडोरमा नियमित विद्युत आपूर्तिको सुनिस्चितता को लागि  हामी यहाको गम्भीर ध्यानाकर्षण गराउदै उद्योग हरुले यस अघि पाई रहेको परिमाणको विद्युत नियमित रुपमा  आपूर्ति  नभए सम्म माथि उल्लेखित सुझावहरु तत्काल कार्यन्वयन को ब्यबस्था मिलाउन हार्दिक अनुरोध गर्दछौं,” परिसंघले प्राधिकरणलाई बुझाएको ध्याकर्षण पत्रमा भनिएको छ ।

हाल सृजित समस्याका साथै   विद्युत क्षेत्रमा  रहेका  विद्यमान  चुनौतीहरु र समस्याहरु परिसंघदे पहिले देखि उठान गरेको र समस्या भोगी रहेका केहि प्रमुख विषयमा तत्काल समाधान खोज्न परिसंघले अनुरोध गरेको छ ।

यस्ता छन् व्यवसायीले भोगेका समस्या र परिसंघको मागः

क)    लामो समय सम्म पटक पटक विद्युत आपूर्तिमा भै रहेने व्यवधान ले  उत्पादन मा समस्या हुने गरेको छ । र लागत  खर्च बढ्न गइ  अन्तमा उपभोक्तालाइ नै  मार परि रहेको हुन्छ ।

ख)       विद्युतको  लगातार अनियमित आपूर्तिले उद्योग प्रतिष्ठानहरुको उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रास आएको  ।

ग)    बिना सुचना पटक पटक विद्युत अबरुध्द हुदा  प्रसोधन भै रहेको लाखौ मूल्य को कच्चा पदार्थ हरु नस्ट भै रहेको .।यसैगरी विद्युतको अनियमित आपूर्तिका कारण मिल मेशिनेरीहरुमा वारम्वार समस्या आई सञ्चालन खर्च वृद्धि हुन गइ  प्रतिष्पर्धात्मक क्षमता नै ह्रास आइरहेको ।

घ)    विद्युत  प्राधिकरणबाट बिना पूर्व सुचना  दैनिक १२/१२  घन्टा विद्युत  अबरुद्ध गर्दा  उद्योग हरुलाई पूर्व जानकारी नदिने सुचनाको हक समेत कुण्ठा गरेको हुदा अबिलम्ब तालिका  सार्बजनिक गर्न हामि ध्यानाकर्षण गर्दछौ ।

ङ)    लामो समय सम्म पटक पटक विद्युत आपूर्तिमा भै रहेने व्यवधान ले  उत्पादन मा समस्या हुने गरेको छ । विद्युत आपूर्ति हप्ताको सातै दिन दिन नसक्ने हो भने प्राधिकरण ले यसको सुचाना दिएर हाल भै रहेको अनिश्चितता र अन्यौल  हटाउन  समस्या समाधान नभए सम्मका लागि औद्योगिक करिडोरमा  प्राधिकरणले तत्काल तालिका बनाइ हप्ताको कम्तिमा ५ दिन नियमित विद्युत आपूर्ति गर्न हामी माग गर्दछौ ।

च)    कमजोर संरचना हरु समय मै  मर्मत तथा परिवर्तन नगरिदिदा सानो सानो झरी, वर्षा, हावामा समेत संरचना भत्कन गई अत्यधिक पावर कट तथा ट्रिपिङ भइदिनाले मेशिन औजार बिग्रिने, उत्पादन प्रक्रिया रोकिन जाने समस्या बिध्यमान रहेकोले यो बिच बिचमा ट्रिपिंग हुने लो भोल्टेज तत्काल  हटाउन अनुरोध गरिएको छ ।

छ)    विद्युत को डिमाण्ड शुल्कको  समस्या अझै समाधान नगरिएको ले उद्योगी हरु  मार खपी रहेका छन्

ज)    विद्युत १२/१२ घण्टा  अबरोध हुदा पनि सो समयको डिमाण्ड शुल्क  लिनु  प्राकृतिक न्याय को सिदान्त को समेत बिपरित हुने  भए पनि  प्राधिकरणका कारण  उद्योगीहरु मारमा परि रहेकोले यो शुल्क तुरुन्त खारेज हुनु पर्दछ ।

झ)    पटक पटक र अचानक विद्युत लाइन अबरुद्ध हुदा उद्योगमा हुनसक्ने जोखिम र दुर्घटनाको जिम्वेवारी प्राधिकरण नै  हुनु पर्ने स्पस्ट गर्न चाहन्छौं ।

ञ)    यसका साथै निम्न बिषयहरु यस अघि पनि पटक पटक ध्यानाकर्षण गराउदा पूर्ण रुपमा कार्यन्वयन भै सकेको छैन  यस तर्फ समेत  प्राधिकरणको  ध्यानाकर्षण गरौदछौ ।

१. दुहबी टंकी रानी ३३ kva डबल  सर्किट  कन्डक्टर HTLC को काम

२. कटहरी रानी सब स्टेशन  मा  CapaciterBank राख्नु पर्ने  बिषय

३. टंकिसिनवारी  को VCB Breaker  ११ kVa को जिर्ण  Pannel बदलि गर्नु पर्ने

४. कटहरी  लगायत औद्योगिक क्षेत्रहरु लाइ ३३ KVA बाट  नियमित लाइन दिनु पर्ने

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्