Shikhar Insurance
National Life

अर्थसचिव मधु मरासीनीले गोप्य सूचना चुहाएको राष्ट्र बैंकका कर्मचारीको आरोप

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले गभर्नरविरुद्धको सूचना संकलन गरी छरप्रष्ट गर्ने काम अर्थसचिव मधु मरासिनीले गरेको आरोप लगाएका छन् । मरासिनीले राष्ट्र बैंकको सञ्चालक समितिमा बसेर राष्ट्र बैंककै स्वायत्तता विरुद्ध मरासीनीले गलत हल्ला फिजाएको आरोप कर्मचारीहरुले लगाएका हुन् ।

राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवका अवसरमा कर्मचारी संगठनका नेताहरुले गभर्नरलाई कपोकल्पित र निराधार आरोप लगाएर चलिरहेको सिस्टमलाई अराजकतातर्फ धकेल्ने, प्रणालीलाई ध्वस्त पार्ने काम भएको बताए । नेपाल राष्ट्र बैंक कर्मचारीका संघका अध्यक्ष रुद्र तिम्सिनाले सूचना चुहाउने काम राष्ट्र बैंककै सञ्चालकबाटै हुने गरेको आरोप लगाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘राष्ट्र बैंकको सञ्चालक समितिमा बस्ने, राष्ट्र बैंककै विरुद्धमा गलत अफवाह फैलाउने काम भएको छ’, तिम्सिनाले भने, शक्तिको बलमा वित्तीय माफिया र भ्रष्टहरुले सरकारलाई प्रभावमा पारेर राष्ट्र बैंकमाथि प्रहार गरेका छन्, त्यसमा सञ्चालकले नै सहयोग गरेको पाइएको छ ।
तिम्सिनाले वार्षिकोत्सव बनाइरहँदा दिल खुला पार्न नसकेको बताउँदै राष्ट्र बैंक कर्तव्यपरायण भइरहँदा पनि शक्तिको बलमा वित्तीय माफिया र भ्रष्टहरुले सरकारलाई प्रभावमा पारेर राष्ट्र बैंकमाथि प्रहार गरेको आरोप लगाए ।

तिलक रावल गभर्नर रहेका बेला राष्ट्र बैंकमाथि प्रहारको इतिहास भोगेको बताउँदै उनले यो पाली पनि अदालतले राष्ट्र बैंकको स्वायत्तताको पक्षमा फैसला दिने विश्वास व्यक्त गरे । २०५८ मा राष्ट्र बैंक ऐन आएपछि वैधानिक हिसाबले स्वायत्तता सुनिश्चित गरेको थियो । अर्को वित्त माफियाको समूहले सरकारलाई प्रभावित पारेर तत्कालीन गभर्नर विजयनाथ भट्टराईलाई निलम्बन गरेका उनले सुनाए ।

‘त्यसपछि केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप नहुने अपेक्षा गरेका थियौं’, उनले भने, तर, ‘दुःखको कुरा । काभिडले वित्तीय क्षेत्र तहसनहस हुँदा, विश्वभर कोभिडबाट अर्थतन्त्र जोगाउन प्रयत्न गरिरहँदा नेपालमा सरकार बनाउने भत्काउने खेल भयो र कोभिडको असर कम गर्न इमानदारी भुमिका खेल्ने गभर्नर निलम्बन गरियो ।’

नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक अध्यक्ष राजिव शर्मा रेग्मीले सम्पूर्ण कर्मचारी राष्ट्र बैंकको स्वायत्तताको पक्षमा रहेको र केही घटनाक्रमले आफूहरु दुःखित भएको बताए । ‘राष्ट्र बैंक जस्तो संस्था अस्थिर हुनुहुँदैन, उनले भने, केही कुराहरु हाम्रो काबुभन्दा बाहिर हुन्छन् । सरकारको निर्णय आयो, अदालतमा प्रवेश गरेको विषयमा धेरै प्रतिक्रिया व्यक्त गर्नु हुँदैन तर पछिल्लो पल्ट सर्वोच्च अदालतको फैसलालले हामी खुसी छौं ।’

उनले गभर्नरको पक्षमा आएको अल्पकालीन आदेश एउटा पक्षको जित र अर्कोको पराजय नभएको बताउँदै उनले यो जित गभर्नर र राष्ट्र बैंकको जित भएको जिकिर गरे । नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक अध्यक्ष रेशमबहादुर बल्छौँडीले सरकारलाई राष्ट्र बैंकले सहयोग गरेपनि सरकारलाई राष्ट्र बैंकप्रति विश्वास तर्क गरे । विगतमा समस्या हुँदा न्यायबाट निराकरण हुने गरेको बताउँदै उनले राष्ट्र बैंककै कर्मचारी स्वायत्तताको पक्षमा नरहेको आरोप लगाए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्