Shikhar Insurance
National Life

बुधबार बल्ल बढ्यो नेप्से परिसुचक, १ अर्ब ८ करोड माथि कारोबार

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजारमा नेप्से परिसुचक बढेको छ । साताको पहिलो दिन करीब १०० अंकले बढेको नेप्से परिसुचक दोस्रो र तेस्रो दिन लगातार घटेको थियो भने बुधबार झिनो आशा देखाएर बन्द भएको हो ।

बुधबार नेप्से परिसुचक ५.१७ अंकले बढेर २३७६.१७ को विन्दुमा पुगेको हो । कारोबारको अन्तिम चरणमा थोरै अंकले  बढेको नेप्से परिसुचकले लगानीकर्ताहरुमा झिनो आशा पलाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरि नेप्से परिसुचक बढ्दा सेन्सेटिभ इण्डेक्स १.६१ अंक,  फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले बढेको छ ।

यसदिन २८ लाख ८५ हजार ३९ कित्ता सेयर २३ हजार ५ सय ३४ कारोबार मार्फत १ अर्ब ८ करोड ९९  लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भए । मंगलबार १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको तुलनामा नेप्से बढेसंगै कारोबार रकम पनि  बढेको हो ।

बुधबार पनि जाल्पा सामुदायिक लघुवित्तको  सेयर मुल्यमा पोजेटिभ सर्टीक लागे । यसैगरी बुधबार सेयर बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावर कम्पनिको भएको छ । यस कम्पनिको ५ करोड २१ लाख बराबरको कारोबार भएको हो ।

यसैगरी नेप्से परिसुचक झनो अंकले बढ्दा १०८ कम्पनिको सेयर मूल्य बढे ।

१३ वटा समुहगत उपसुचक मध्य ९ वटा बढेको छ

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्