Shikhar Insurance
National Life

वैशाख १५ देखि राजधानीमा जुत्ता चप्पलको व्यापार प्रबद्र्धन मेला, ५० प्रतिशतसम्म छुट पाइने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौँ । वैशाख १५ देखि राजधानीको भृकुटीमण्डपमा वृहत जुत्ता चप्पल तथा छालाको उत्पादनको मेला लाग्ने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयाजनामा जेठ ८ गतेसम्म मेला लाग्ने भएको हो ।

मेलामा २२ कम्पनीका ३० भन्दा बढी ब्रान्डका १ हजार मोडल जुत्ता एकै ठाउँमा पाइने बताइएको छ । ‘चौथो व्यापार प्रबद्र्धन मेला’ले नेपाली जुत्ता चप्पल प्रबद्र्धन गर्ने र व्यवसायीमा स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्ने विश्वास आयोजकको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मो २ लाख ५० हजार भन्दा बढीले अवलोकन गर्ने र ३ करोड रुपैयाँ बराबारको कारोबार हुने अपेक्षा आयोजकको छ । मेलामा स्थानीय जुत्ता चप्पल १० देखि ५० प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिनेछ ।

नेपाल जुत्ताचप्पलमा विस्तारै आत्मनिर्भर बन्ने क्रममा छ र यहाँको ६० प्रतिशत बजार हिस्सा स्थानीय उत्पादनको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्