Shikhar Insurance
National Life

नेप्से घट्ने क्रमले पायो निरन्तरता, परिसुचक २३७० मा आइपुग्दा १५६ कम्पनीको मूल्य घट्यो

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १६:५७
Hyundai
NCELL
NIMB

काठमाडौँ । मंगलबार नेप्से परिसुचक घटेको छ । सोमबार घटेर बन्द भएको नेप्से परिसुचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको हो ।

यस दिन सेयर बजारमा नेप्से परिसुचक १५.०२ अंकले घटेर २३७०.९९ अंकको विन्दुमा आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से घटेसँगै सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटीभ फ्लोट इन्डेक्स ०.०३ अंकले घटेको छ ।

यसदिन २२८ स्क्रिप्टका ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर २५ हजार ७ सय ६६ कारोबार मार्फत १ अर्ब ४ करोड ६०लाख १४ हजार रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से घटेपनि जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा भने पोजेटीभ सर्किट लागेको छ ।

मंगलबार कारोबारमा आएका ३५ कम्पनीको सेयर मूल्य बढ्दा १५६ कम्पनीको भने घटेका छन् । यसदिन कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रह्यो । बैंकको ४ करोड २१ लाख रुपैयाँको सेयर किनबेच हुँदा अपि पावरको ४ करोड ६ लाखका सेयर किनबेच भए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्