Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ईएमआईमा किन्न पाउने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १३:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा ब्रान्डको विद्ययुतीय स्कुटर शून्य प्रतिशत ईएमआईमा किन्न पाउने भएका छन् । विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै बैंकले बीएचसी इन्टरनेसनसँग सम्झौता गरेको हो ।

बैंकको इन्स्टापे सुविधा मार्फत शून्य प्रतिशत ब्याजदरमा किस्तामा स्कुटर किन्न पाउनेछन् । यससम्बन्धि सम्झौतापत्रमा बीएचसी इन्टरनेसनका प्रबन्धक निर्देशक हासिम अन्सारी र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत डिल्लिराम गिरीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भईरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने एवं वतावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ ।

बीएचसी इन्टरनेसलसँगको सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्स्टापे मार्फत ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटर खरिद गर्न सक्नेछन् । साथै बैंकको के्रडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् । हाललाई यो सुविधा बीएचसी इन्टरनेसनको नेपाल स्थित सबै शोरुममार्फत प्रदान गरिनेछ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

माछापुच्छे बैंकले १६४ वटा शाखा र १६५ शाखारहित बैकिङ्ग सेवा, ८ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३७ स्थानवाट १३ लाख भन्दा बढि ग्राहकमा सम्पुर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर २०५ बटा एटीएमहरु संचालनमा छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्