Shikhar Insurance
National Life

१० वर्षसम्म निरन्तर १०.५०% ब्याज पाइने सेन्चुरी डिबेन्चरमा वैशाख २१ देखि आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चरमा वैशाख २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदर तथा १० वर्षे अवधि रहेको रु २ अर्ब २० करोड बराबरको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ निष्काशन गर्दैछ ।

कुल रकम २ अर्ब २० करोड मध्ये ४० प्रतिशतले हुन आउने ८८ करोड सर्वसाधारण (सामूहिक लगानी कोषसमेत) का लागि र ६० प्रतिशतले हुन आउने रु १ अर्ब ३२ करोड (संस्थागत) प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आवेदन खुल्ला भएपश्चित छिटोमा ४ दिनभित्र तथा ढिलोमा १५ दिनका लागि मात्र आवेदन गर्न सकिनेछ ।

प्रति कित्ता डिबेञ्चरको अंकित मूल्य रु. १ हजार रहेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्ता तथा अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन । दश वर्ष अवधिमा निरन्तर साढे १० प्रतिशतको उच्च प्रतिफल प्राप्त गर्न सकिने भएकोले यो उच्च प्रतिफलको लागि राम्रो देखिन्छ भने डिबेञ्चर नेप्सेमा सूचिकृत भएपश्चात कारोबार गर्न सकिन्छ । साथै यो डिबेञ्चर धितो राखी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण सापटी लिन सकिन्छ ।

नेपाल धितोपत्र बोर्डबाट बैंकले २०७८ चैत्र २९ गते स्वीकृति प्राप्त गरेको थियो । सेञ्चुरी डिबेञ्चर २०८८ को निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आएमई क्यापिटल रहेको छ ।

सेञ्चुरीको डिबेच्नर पछिल्लो समय वाणिज्य बैंकहरूले जारी गरेको डिबेञ्चरमध्ये सर्वोत्तम मानिएको छ । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याज घट्ने भएपनि एकपल्ट प्रतिवद्धता गरेको सेञ्चुरीको डिबेञ्चरको प्रतिफल दर १० वर्षसम्म साढे १० प्रतिशत नै रहनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्