काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य अझै सस्तिएको छ । निरन्तर सस्तिरहेको सुनको आज प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९ सय रुपैयाँले घटेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि ९ सयले नै घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य भने सोमबारकै बराबर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्