काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आज सुनुवाइ हुदैछ ।
सरकारले छानवीन समिती बनाएर निलम्बन गरेपछी गभर्नर अधिकारीले सर्बोच्च अदालतमा मुद्दा हालेका थिए । सर्बोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालिन अन्तरिम आदेश दिदै बैशाख १३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएका छन् ।
अल्पकालिन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भनिएको थियो । आजको इजलासले अल्पकालीन आदेशलाई निरन्तरता दिए गभर्नर पदमा बहाल रहनेछन् । निरन्तरता नदिए उनको निलम्बन कायम रहनेछ ।
प्रतिक्रिया दिनुहोस्