Shikhar Insurance
National Life

बागमती नदीमा पक्की पुल

सिंहदरबार संवाददाता
२०७९ बैशाख १२, सोमबार १६:१२
Hyundai
NCELL
NIMB

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडा र सिन्धुली जोड्ने सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटौँडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ ।

विसं २०६८ असार २९ गतेदेखि सुरु भएको सो पुल ११ वर्षपछि निर्माण भएको र सो पुलबाट सवारी साधन आवागमन सुरु भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जम्मा ११ वटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौँडा जान सिन्धुली, रामेछाप, काभ्रे र दोलखा लगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कूल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

२० करोड ६२ लाखमा निर्माण हुने सो पुल ५ वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । पटकपटकको म्याद थप हुँदासमेत काम नगरेपछि १० प्रतिशतको हर्जनासमेत असुल उपर गरी पुल निर्माण सम्पन्न गराइएको उक्त कार्यालयका प्राविधिकले जनाएको छ ।
रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्