काठमाडौँ । साताको दोस्रो दिन नेप्से परिसुचक घटेको छ । आईतबार करिब ९६ अंकले बढेको नेप्से यसदिन भने ३४.९५ अंकले घटेर २३८६.०१ को विन्दुमा आएको हो ।
यसैगरी सेन्सेटिभ इण्डेक्स ६.१९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.४३ अंक र सेण्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले घटेको छ ।
कारोबारको सुरुमा थोरै अंकले बढेको नेप्से अन्तिम समयमा भने घटेर बन्द भएको हो ।
यसदिन २३९ स्टकको ४६ हजार ४ सय १ पटकको कारोबारमा २ अर्ब ४२ करोड २५ लाख ३१ हजार रुपैयाँ बराबरको ५० लाख ४७ हजार ७ सय ६९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार नेप्से घटेसंगै कारोबार रकम पनि घटेको हो । आईतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आईतबारको तुलनामा करिब ११ करोड बराबरको कारोबार रकम घटेको हो ।
यसदिन १३ वटा समुहगत उपसुचक मध्य १० वटा घटेका छन् ।
प्रतिक्रिया दिनुहोस्