Shikhar Insurance
National Life

तपाईं हामीले फोन र इन्टरनेटमा खर्च गर्ने पैसाबाट चिडियाखानाका जनावरलाई खाना खुवाइने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १२, सोमबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली टेलिकमका ग्राहकले टेलिफोन वा इन्टरनेटमा खर्च गर्ने पैसाको केही हिस्सा जावलाखेल स्थिति चिडियाखानामा रहेको जनावरलाई खाना खुवाउन खर्च हुने भएको छ । नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गर्ने भएको हो ।

टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गरेको हो । अर्थात् टेलिकमले गर्ने नाफाको केही हिस्सा सो प्रयोजनमा खर्च हुने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरे ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।

सम्झौता अनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्