Shikhar Insurance
National Life

दर्जन बीमा कम्पनीले टेरेनन् समितिको निर्देशन, पुँजी वृद्धि प्रस्ताव नबुझाउने कम्पनीलाई कारवाही गरिँदै

सिंहदरबार संवाददाता
२०७९ बैशाख ११, आईतवार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । दर्जन बढी बीमा कम्पनीहरुले नियामक निकायको निर्देशन पालना गर्न अटेर गरेका छन् । बीमा समितिले एक महिनाको समय सीमा दिँदै पुँजी वृद्धिको कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो । जुन बैशाख १० गते शनिबार नै समाप्त भइसकेको हो ।

समितिले २०८० असार मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवनले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी र्पुयाउन  पर्ने निर्देशन गत चैत ११ गते निर्देशन दिएको थियो । तर, समितिले शनिबार सार्वजनिक बिदा परेको भन्दै बैशाख ११ गते आइतबार साँझ ५ बजे सम्म तोकिएको चुक्ता पुँजी पुर्याउन क्यापिटल प्लान पेश गर्न समय थप गरेको थियो । जुन समय भित्र २४ वटा बीमा कम्पनीहरुले मात्र कार्ययो्जना पेश गरेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले सिंहदबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत शुक्रबारसम्म २१ वटा बीमा कम्पनीहरुले पुँजी वृद्धिको कार्ययोजना पेश गरेका थिए । जसमा सन् नेपाल लाइफ, आइएमइ लाइफ र युनाइटेड इन्स्योरेन्स थप भएका हुन् । तोकिएको समयसीमा भित्र पुँजी वृद्धिको कार्यायोजना पेश नगर्ने बीमा कम्पनीहरुलाई कारवाहीको तयारी गरिएको कार्यकारी निर्देशक पौडेलले बताए ।

‘क्यापिटल प्लान पेश गर्न अबत्र १५ वटा कम्पनीहरु बाँकी रहे, ती कम्पनीहरुलाई लिखित स्पष्टिकरण सोधिनुका साथै, कानुन उल्लंघन गर्दा हुने सजाय र जरिवानाको भागिदार हुन्छन्,’–उनले भने ।

गत शुत्रबारसम्म तोकिएको चुक्ता पुँजी वृद्धिको कार्ययोजना पेश गर्ने जीवन बीमा कम्पनीहरुमा सूर्य, नेसनल, एशियन, महालक्ष्मी, मेटलाइफ, एलआईसी, सानिमा, सिटिजन, गुराँस र रिलायन्सले क्यापिटल प्लान पेश गरेका छन् । यस्तै निर्जीवनतर्फ सानिमा, आईएमई, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल, सगरमाथा, अजोड, जनरलले यस्तो प्रस्ताव बुझाएका छन् ।

ती कम्पनीहरुले चुक्तापुँजी बढाउने उपायका रुपमा मर्जर र हकप्रदलाई विशेष प्राथमिकताका साथ अघि सारेका छन् । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले अधिकांश कम्पनीको पुँजीवृद्धिसम्बन्धि प्रस्ताव प्राप्त भइसकेको जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्