काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा किनबेच भएकामा आइतबार ४ सयले घटेको हो । यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ४ सयले घटेर प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घट्दा चाँदीको भाउ भने शुक्रबारकै बराबर प्रतितोला १३ सय ६० रुपैयाँ कायम छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्