काठमाडौं । नेकपा(एकिकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पाँच दलिय गठबन्धनमा पोखरा महानगरपालिका एकिकृत समाजवादीको भागमा परेको थियो ।
माधव नेपाल नेतृत्वको समाजवादीले कास्की पार्टी अध्यक्षको समेत जिम्मेवारीमा रहेका आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
व्यवसायीक पृष्ठभूमिका आचार्यको काँधमा एमालेको परम्परागत गढ भत्काउने चुनौती आईपरेको छ ।
पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका आचार्यले लायन्स क्लबको डिस्ट्रिक गभर्नरको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।
एक दर्जन भन्दा बढी हाइड्रो पावरहरुमा लगानी गरेका आचार्यलाई पोखरा–लेखनाथ क्षेत्रमा स्वच्छ तथा लोकप्रिय व्यक्तित्वका रुपमा चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस्