Shikhar Insurance
National Life

२१ बीमा कम्पनीले बुझाए पुँजी वृद्धि प्रस्ताव, प्राथमिकतामा मर्जर कि हकप्रद ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चालनमा रहेको ३९ मध्ये २१ वटा कम्पनीले एक वर्षभित्र बीमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउने प्रस्ताव पेश गरेका छन् । बीमा समितिले एक महिनाभित्र क्यापिटल प्लान पेश गर्न समय दिएकामा १० वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनीले समयमै पुँजी वृद्धि योजना बुझाएका हुन् ।

वि.सं. २०८० असार मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवनले साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउन पर्ने निर्देशन बीमा समितिले गत चैत ११ गते निर्देशन दिएको थियो । जसअनुसार १ महिनाभित्रै समितिकहाँ चुक्ता पुँजी बढाउने योजना प्रस्ताव पेश गर्नुपर्ने थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिका अनुसार जीवन बीमा कम्पनीहरु सूर्या, नेसनल, एशियन, महालक्ष्मी, मेटलाइफ, एलआईसी, सानिमा, सिटिजन, गुराँस र रिलायन्सले क्यापिटल प्लान पेश गरेका छन् । यस्तै निर्जीवनतर्फ सानिमा, आईएमई, एभरेष्ट, प्रुडेन्सियल, नेको, लुम्बिनी, शिखर, नेपाल, सगरमाथा, अजोड, जनरलले यस्तो प्रस्ताव बुझाएका छन् ।

ती कम्पनीहरुले चुक्तापुँजी बढाउने उपायका रुपमा मर्जर र हकप्रदलाई विशेष प्राथमिकताका साथ अघि सारेका छन् ।

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले अधिकांश कम्पनीको पुँजीवृद्धिसम्बन्धि प्रस्ताव प्राप्त भइसकेको जानकारी दिए । उनका अनुसार वैशाख १० गते शनिबार परेकाले ११ गतेसम्मका लागि समय थप गरिएको छ ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले लगानीकर्तालाई न्यूनतम प्रतिफल समेत नदिएकाले मर्जरमा लगेर बलियो र सक्षम बीमा कम्पनी बनाउन चाहेको उनले बताए । लगानीकर्तालाई वार्षिक ७ प्रतिशतसमेत दिन नसक्ने कम्पनीहरुलाई मर्जरमा पठाउनुको विकल्प नभएको पनि उनको दाबी छ ।

“७ प्रतिशतको अर्निङमा एउटा कम्पनीले बिजनेस चलाउँछ कसरी ?” सिलवालको प्रश्न छ । त्यसकारण पनि मर्जरको अनिवार्यता रहेको जिकिर उनले गरे ।

हकप्रद कति ?
समितिका अध्यक्ष सिलवालका अनुसार कम्पनीहरुले बुझाएको पुँजीवृद्धि योजनाको अध्ययपछि कुन कम्पनीलाई हकप्रद वितरण गर्न दिने र कुनलाई मर्जरमा पठाउने भन्ने निर्णय हुनेछ । सो अघि बीमा समितिको सञ्चालक समितिले समग्रतामा सबैलाई समेट्ने पोलिसी बनाउनेछ ।

“कम्पनीहरुले पेश गरेको प्रस्तावहरु सञ्चालक समितिमा लगिन्छ,” सिलवालले सिंहदरबारसँग भने, “बोर्डबाट अध्ययन गरेर कस्ता कम्पनीलाई कसरी पुँजी पु¥याउन स्वीकृति दिने भनेर निर्णय हुनेछ ।” र, सोही अनुसार तोकेको अवधिमा पुँजी पु¥याउनु पर्ने उनले बताए ।

सिलवालले हकप्रद मात्रै जारी गरेर पुँजी बढाउने विषयमा समिति सकारात्मक नभएको बताए । जसको समितिले तोकेको आधा पनि चुक्तापुँजी छैन उसले हकप्रद मात्र जारी गरेर चुक्तापुँजी पु¥याउछु भन्नेलाई यस्तो अनुमति नदिने आशय व्यक्त गरे ।

तर, थोरै दरमा हकप्रदको अनुमिति दिँदा पुँजी पु¥याउन सक्ने कम्पनीलाई भने हकप्रदको बाटो खुला रहेको उनको संकेत थियो ।

“यति नै प्रतिशत भन्ने कुरा आउँदैन, अधिकतम कति प्रतिशत तोक्ने भन्ने सञ्चालक समितिमा भर पर्नेछ,” उनले भने ।

सिलवालले यस अघि नै बीमा कम्पनीलाई पुँजीवृद्धिका लागि निश्चित प्रतिशत हकप्रदको बाटो खुला रहेको सिंहदरबारसँगको कुराकानीमा बताएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्