Shikhar Insurance
National Life

आव २०७८/७९ को पहिलो नौ महिनामा ८८ प्रतिशतले बढ्यो निर्यात

सिंहदरबार संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १२:५४
Hyundai
NCELL
NIMB

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा बाह्र खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

२ खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रु ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो ।

४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने १ खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै ७ खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा २ खर्ब ११ अर्ब ५ करोड ८० लाख बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।
रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्