Shikhar Insurance
National Life

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

सिंहदरबार संवाददाता
२०७९ बैशाख ९, शुक्रबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २ करोड ३६ लाख २५ हजार मूल्य बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप १/१ कित्ताका दरले छ जनालाई बाँडिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ० दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए । बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट मेरो शेयर मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्