Shikhar Insurance
National Life

वाणिज्य बैंकमा सफल मर्जर नीति अंगिकार गर्दै महालक्ष्मी, १ वर्षमै चुक्तापुँजी ५ अर्ब पु्र्‍याउने

सिंहदरबार संवाददाता
२०७९ बैशाख ९, शुक्रबार ०८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार क्यापिटल प्लान समितिमा पेश गरेको छ । समितिले वैशाख १० गते भित्र पेश गर्न भनेका महालक्ष्मीले मर्जरको विकल्पसहितको प्लान पेश गरेको हो ।

समितिले चैत्र ११ गते सबै बीमा कम्पनीलाई पुँजीवृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार जीवन बीमा कम्पनीले चुक्तापुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पुर्‍याउनु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालक्ष्मीले मर्जरको विकल्पलाई अघि सारेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत आरके भट्टराईले सिंहदरबारलाई जानकारी दिए । उनका अनुसार ३-४ वटा जीवन बीमा कम्पनीसँग मर्जरको लागि अनौपचारिक छलफल पछि मर्जरको सम्भावनालाई लिएर पुँजी वृद्धि योजनाको रोडम्याप अनुसार सुचना प्रकाशित गरिएको छ ।

सूचनामा अनुसार कम्पनीले वैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाका लागि ३ वटा विशेष प्रस्ताव राखिएको छ । साधारणसभाले कम्पनीको चुक्तापुँजी ५ अर्ब र जारी पुँजी ३ अर्ब पुर्‍याउने प्रस्ताव पारित गर्नेछ ।

यस्तै साधारणसभाले गाभ्न/गाभिन वा प्राप्ति गर्ने निर्णयको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । यस्तै पुँजी वृद्धि भएबमोजिमको सेयरको सार्वजनिक निष्काशन पनि गर्ने निर्णय पनि विशेष साधारणसभाले गर्नेछ ।

प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार विगतमा बैंकिङ क्षेत्रमा पुँजी वृद्धिको २ वटा सफल मर्जरको अभ्यास भएकाले मर्जर सहितको पुँजी वृद्धि योजना अघि सारिएको हो । कम्पनीले एक वर्ष भित्र मर्जर सकेर आफू बलियो जीवन बीमा कम्पनी बन्ने विस्वास गरेको छ।

छिमेकी देश भारतमा १ अर्ब ३० करोड जनसंख्या भएपनि जम्मा २४ वटा जीवन र २३ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । नेपालमा ३ करोड जनसंख्यामा १९ वटा लाइफ र २० वटा नन-लाइफ इन्स्योरेन्स कम्पनी निकै बढी हो ।

“कम्पनीहरुलाई जोखिमको आधारमा पुँजीगत रुपमा बलियो बनाउन, संचालन खर्च कम गरि प्रतिफलमुखी बनाउन, स्वस्थ प्रतिस्पर्धा गराउन र दक्ष जनशक्ति मार्फत गुणस्तरिय सेवा प्रदान गर्न/गराउन लाईफ र नन लाइफ दुवैलाई १०\१० वटाको संख्या भित्र ल्याउन जरुरी छ,” भट्टराइको राय छ, “यसका लागि मर्जर नै उत्तम विकल्प हो ।” फोर्स मर्जरको लागि र नयाँ कम्पनिको लाइसेन्स रोक्न पुँजी वृद्धि नै प्रभावकारी टुल्स वा साधन रहेको उनी बताउँछन् ।

आजको यही आवश्यकता र बीमा समितिको चाहना बुझेर महालक्ष्मी लाइफले मर्जर सँगै स्पष्ट कार्य योजना/ रोडम्याप सहितको पुँजी वृद्धि योजना वैशाख ८ गते बीमा समितिमा बुझाएको हो । कार्य योजनामा समितिमा विस्तृत छलफल पछि छिटो कार्यान्वयनको लागि ८ गते साझ संचालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्