Shikhar Insurance
National Life

गभर्नरले सरकारलाई टेरेनन्, प्रधानमन्त्री र अर्थमन्त्रीले मिलेरै निलम्बन गरेका हुन्ः प्रचण्ड

सिंहदरबार संवाददाता
२०७९ बैशाख ८, बिहीबार ११:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमान सरकारलाई सुरुदेखि नै अटेर गर्दै आएको आरोप लगाएका छन्

बिहिबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकार र गभर्नरबीच सुरूदेखि नै समस्या देखिँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाको सहमतिमै गभर्नर अधिकारीलाई निलम्बन गरिएको पनि बताए । ‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो। प्रधानमन्त्री र अर्थमन्त्रीले मिलेरै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ,’ प्रचण्डले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गठबन्धन सरकारले चैत २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । तर सर्वाेच्च अदालतले मंगलबार अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

सर्वाेच्च अदालतका न्यायधिश हरि फुँयालको एकल इजलासले गभर्नरका पक्षमा अल्पकालिन अन्तरिम आदेश दिएपछि उनी बुधबारदेखि काममा फर्किएका छन् । अदालतले दुबै पक्षलाई छलफलका लागि बैशाख १३ गते बोलाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्