काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीले रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको नगर कमिटी बैठकले मेयरमा दाहालको एकल नाम सिफारिस गरेको हो । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मेयरका दावेदार थिए ।
उप मेयरमा भने हालकी उप मेयर रामरति चौधरीको एकल नाम नै सिफारिस भएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा संबिधान सभा सदस्य राम कुमार भट्टराईको उपस्थितिमा बसेको बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रौतहटको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुर नगरपालिकालाई रणनीतिक क्षेत्र मानिन्छ ।
सो नगरपालिकामा एकिकृत समाजवादी र माओवादीबीच गठबन्धन पक्का भैसकेको छ । काँग्रेससँग पनि गठबन्धनको प्रयास जारी रहेको नेताहरुले बताएका छन् । युवा वर्ग माझ लोकप्रिय रहेका दाहाललाई विकास प्रेमी नेताको छवि समेत बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्