Shikhar Insurance
National Life

महालक्ष्मी लाईफका क्षेत्रीय, उपक्षेत्रीय र एरिया शाखा प्रमुखलाई सम्पत्ति शुद्धीकरण निवारणको तालीम

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार १९:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम सम्पन्न गरेको छ। वैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

वैशाख ६ गते संचालित कार्यक्रममा कम्पनीको बर्तमान व्यवसायीक स्थिति, पूँजी बृद्धि पछिको व्यवसायिक रणनीति र २०७८/७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो । उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ असारसम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत द्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

वैशाख ७ गते संचालित कार्यक्रममा सहभागिहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । नेपालमा  कुन कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तिय क्षेत्रको विभिन्न निकाय मार्फत कसरी शुद्धीकरण गरिन्छ, यस्को रोकथामको उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्