Shikhar Insurance
National Life

सिटिजन्स बैंक १६ औं वर्षमा प्रवेश

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार १९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १६ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो ।

१५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकलाई वितिय सेवा प्रदान गर्न सफल भएको दाबी गरेको छ । बैंकले सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखा मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ परिचालन गरी १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले चालु आवको ९ महिनामा १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सातवटै प्रदेशका कूल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम रूपमा सम्पन्न गरेको छ ।

यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण पनि गरेको छ ।

१५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले बैंकले संस्थागत सुशासनको उच्चतम मापदण्डहरू कायम राख्दै आएका र त्यसलाई निरन्तरता दिने बताए । “म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हामा्र मुल्य मान्यताहरुलाई पछ्याउन अनुमति दिन्छ,” उनले भने, “हामी हाम्रा आदरणीय ग्राहकहरूको सेवा गर्नका निमित्त काम गर्छौं, यसैले हामी हाम्रा मूल्य मान्यताहरुलाई गम्भीर रूपमा लिन्छौं र सही कुरा गर्न प्रतिबद्ध छौं। यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुञ्जी भएको छ, जुन हाम्रो दीर्घकालीन सफलताको अभिन्न अंग हो ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको दाबी गरे । “आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याईनेछ,” उनले भने, “ग्राहकहरुलाई धेरै च्यानलहरु मार्फत कहि पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ । तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखिएको छ ।” यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिने उनको बनाइ छ ।साथसाथै बैंक भित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्ने विश्वास उनले गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्