Shikhar Insurance
National Life

एकदिन बढेको नेप्से फेरि ओरालो यात्रामा, ३ कम्पनीको सेयरमा सर्किट

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौ । नेप्से परिसुचकमा बुधबार ३६.७३ अंकको गिरावट आएको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार भने पुरानै यात्रामा फर्किएको हो ।

नेप्से घटेर २३२०.५१ को बिन्दुमा आइपुगेको छ । नेप्से घटेर मंसिर २७ गतेयताकै न्यून बिन्दुमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबारै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकमा कम्तिमा वैशाख १३ गतेसम्मका लागि पुनर्वहाली गरेका थिए । सेयर बजारले उनको रिइन्ट्रिलाई पनि सकारात्मक नमानेको देखिन्छ ।

साताको चौथो दिन सेयर बजारमा ३२ हाजार ५ सय पटकको कारोबारमार्फत् ३५ लाख ७० हजार कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाख रूपैयाँमा किनबेच भए । करिब डेढ अर्बकाे सेयर खरिदबिक्री हुँदा पनि बजारले सुधारको लय समात्न सकेन ।

हिजो सामान्य अंकले बढ्दा लगानीकर्तामा नेप्से बढ्न सक्ने झिनो आशा पलाएको थियो ।

यस्तै बुधबार सेन्सेटिभ इण्डेक्स ६.६९ अंकले घटेर ४४१.०८ को विन्दुमा पुगेको छ ।

बुधबार १३ वटै समूहगत उपसुचकहरु घटेको छन्  जसमध्ये यसैगरी सबैभन्दा बढी फाइनान्स समूहमा गिरावट आयो ।

नेप्से परिसुचमा गिरावट आए पनि ग्रीन भेन्चर्स र जाल्पा सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लगातार पोजिटिभ सर्किट लागिरहेको नेष्डो समृद्ध लघुवित्तमा आज भने नेगेटिभ सर्किट लागेको छ ।

सेयर बजार कारोबार मापक नेप्से परिसुचकमा गिरावट आएसँगै १८३ वटा कम्पनीको सेयर घटेका छन् भने ८ कम्पनीको मात्र सेयर मुल्य बढेको नेप्सेले जनाएकाे छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्