Shikhar Insurance
National Life

अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने काँग्रेस महामन्त्री शर्माको संकेत

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्दा उपयुक्त हुने संकेत गरेका छन् ।
ट्वीटर मार्फत महामन्त्री शर्माले काँग्रेसकै पूर्व अर्थ राज्यमन्त्री महेश आचार्यलाई सम्झाउँदै वर्तमान अर्थमन्त्री शर्माले पनि सोही बाटो अपनाउँदा राम्रो हुने संकेत गरेका हुन् । आचार्यले तत्कादिन गभर्नर तिलक रावललाई बर्खास्त गर्दा सर्वाेच्च अदालतले पुनबर्हाली गरेको थियो ।

आफ्नो निर्णय अदालतले उल्टाईदिएपछि तत्कालिन मन्त्री आचार्यले राजीनामा गरेका थिए । अहिले पनि अर्थमन्त्रीको प्रस्तावमा सरकारले निलम्बन गरेका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले पुनर्बहाली गरिदिएको छ । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्–बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्( नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्