Shikhar Insurance
National Life

सिभिल बैंकको नाफा अर्ब नजिक, हरेक परिसूचकमा अब्बल बन्दै

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार ०८:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ९० करोड ९१ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको यही अवधिको तुलनामा ४० करोड बढी नाफा गरेको हो ।

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खुद ब्याज आम्दानी अर्ब रूपैयाँले बढाउँदा बैंकले नाफामा पनि बढोत्तरी गरेको हो ।

बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । फलस्वरूप बैंकको सञ्चालन मुनाफा ६८ करोड १० लाखबाट बढेर १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ४२ करोड ६८ लाख रुपैयाँ छ ।

९ महिनामा बैंकले ५ अर्बको कर्जा विस्तार गरेर ८३ अर्ब ९३ करोड रूपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेप २ अर्बले बढेर ९० अर्ब ७० करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ चुक्तापुँजी भएको सिभिलले रिर्जभमा १ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राखेको छ ।

नाफा बढेपछि चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी दोब्बरभन्दा बढीले विस्तार भएको छ । बैंकको ईपीएस ५.८१ रूपैयाँबाट बढेर १३.२८ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १२७.५२ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको खराब कर्जाको दर झन् घटेर ०.९९ प्रतिशत मात्र छ । यसअवधिमा बैंकको बेसरेट बढेर ९.९४ प्रतिशत कायम हुँदा ब्याजदर स्प्रेड ३.३८ बाट बढेर ३.८५ प्रतिशत पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्