Shikhar Insurance
National Life

तलब भत्ता र सञ्चालन खर्च बढ्दा प्रभु बैंकको नाफा घट्यो, ९ महिनामा कमायो १ अर्ब ७५ करोड

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार ०८:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म १ अर्ब ७५ करोड २९ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको यही अवधिको तुलनामा ३५ करोड कम नाफा गरेको हो ।

आम्दानी बढेपनि खर्चमा कटौती गर्न नसक्दा प्रभुको नाफा घटेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले ९ महिनामा खुद ब्याज आम्दानी बढाए पनि खर्च निकै बढ्दा सञ्चालन नाफामा गिरावट आयो । यसबीचमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ५ करोडबाट घटेर २ अर्ब ५६ करोड ६ लाख रुपैयाँमा खुम्चियो ।

बैंकले खुद ब्याज आम्दानी भने उल्लेख्य मात्रामा बढाएर ३ अर्ब ८३ करोड ५३ लाखबाट बढाएर ४ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ पुर्‍याउन सफल भएको थियो ।

तर, तलब भत्तामा हुने खर्च पर्सनल एक्स्पेन्सेस २ अर्ब १३ करोडको गरेको छ जबकि अघिल्लो आवको यही अवधिमा बैंकले यस्तो अर्च १ अर्ब ८० करोड रूपैयाँमात्र गरेको थियो । अन्य सञ्चालन खर्च पनि सामान्य दरमा बढेको छ ।

बैंकको वितरणयोग्य नाफा ७८ करोड रुपैयाँ छ ।

९ महिनामा बैंकले ७ अर्बको कर्जा विस्तार गरेर १ खर्ब ४३ अर्ब ७१ करोड रूपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेप २ अर्बले बढेर १ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्तापुँजी भएको प्रभुले रिर्जभमा १ अर्ब १७ करोड रूपैयाँ थपेर ५ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ राखेको छ ।

नाफा घटेपछि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २४.७९ रूपैयाँबाट घटेर १८.३९ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४९.४१ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको खराब कर्जाको दर १.२१ प्रतिशत मात्र छ । यसअवधिमा बैंकको बेसरेट बढेर ९.२९ प्रतिशत कायम हुँदा ब्याजदर स्प्रेड ३.५ बाट बढेर ३.८७ प्रतिशत पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्