Shikhar Insurance
National Life

एनएमबि बैंकले ९ महिनामै कमायो २ अर्ब ७१ करोड, ईपीएस पनि बढ्यो

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार ०७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म २ अर्ब ७१ करोड  रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको यही अवधिको तुलनामा ४ करोड प्रतिशत बढी नाफा गरेको हो ।

एनएमबिले अधिकांश वित्तीय परिसूचकमा सुधार गर्दा नाफाको दर पनि बढाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले २ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले यो ९ महिनामा करिब पौन २ अर्ब रूपैयाँ गर्नुको मुख्य कारण हो, खुद ब्याज आम्दानी बढाउनु । यसबीचमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ६१ करोडबाट बढेर ३ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।

जसको कारण हो, खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड ९० लाखबाट उल्लेख्य सुधार भइ ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ पुर्‍याउन बैंक सफल हुनु ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ छ ।

९ महिनामा बैंकले २७ अर्बको कर्जा विस्तार गरेर १ खर्ब ५१ अर्ब १ करोड रूपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेप साढे २० अर्बले बढेर १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबलले रिर्जभमा २७ करोड रूपैयाँ थपेर ५ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ राखेको छ ।

नाफा बढेपछि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १८.३४ रूपैयाँबाट बढेर १९.३५ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने करिब ३ रूपैयाँले घटेर १४२.२१ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको खराब कर्जाको दर १.४६ प्रतिशत मात्र छ । यसअवधिमा बैंकको बेसरेट बढेर ८.९६ प्रतिशत कायम हुँदा ब्याजदर स्प्रेड ३.३७ बाट बढेर ३.५४ प्रतिशत पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्