Shikhar Insurance
National Life

९ महिनामै १ अर्ब ५३ करोड कमाएको माछापुच्छ्रे बैंकको सबै वित्तीय परिसूचक उत्साहप्रद

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार ०७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म १ अर्ब ५३ करोड रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले सार्वजनिक गरेको ९ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आवको यही अवधिको तुलनामा १४.५५ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकको अधिकांश वित्तीय परिसूचकमा सुधार आएको विततीय विवरणले देखाउँछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यो ९ महिनामा डेढ अर्ब रूपैयाँभन्दा बढी गर्नुको मुख्य कारण हो, खुद ब्याज आम्दानी बढाउनु ।

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले १  अर्ब ३२ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यसबीचमा बैंकको खुद सञ्चालन आम्दानी ४ अर्ब ४७ करोड पुग्दा सञ्चालन मुनाफा बढेर २ अर्ब २२ करोड ३२१ लाख रुपैयाँ कायम भएको छ ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ४.०४ प्रतिशतबाट सामान्य बढेर ४.१९ प्रतिशतमा आइपुगेको छ । यसो हुँदा खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भइ ३ अर्ब ६० करोड २८ लाख रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकको वितरणयोग्य नाफा ८२ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

बैंकले विषम परिस्थितिमा पनि व्यवसाय विस्तार गर्दै यो उपलब्धि हासिल गरेको जनाएको छ । ९ महिनामा बैंकले १८ अर्ब रुपैयाँको कर्जा विस्तार गरेको छ । २०७८ असार मसान्तसम्म सर्वसाधारणलाई १ खर्ब १३ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस्तो कर्जा विस्तार गर्दै १ खर्ब ३१ अर्ब १७ करोड २७ लाख रुपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेपमा पनि १० अर्बले बढेर १ खर्ब ४१ अर्ब ८ करोड ८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्तापुँजी भएको माछापुच्छ्रेले रिर्जभमा ७० करोड रुपैयाँ थपेको छ । ९ महिनाको अवधिमा रिजर्भ विस्तार भइ ३ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २०.१७ रुपैयाँ कायम भएको छ । गत वर्षको चैत मसान्तसम्म ईपीएस १६.७८ रूपैयाँमात्र थियो । यस्तै प्रतिसेयर नेटवर्थ १३९.७० रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यता खराब कर्जा ०.५१ प्रतिशतबाट सामान्य बढेर ०.८१ प्रतिशत कायम हुँदा कस्ट अफ फन्ड सामान्य बढेको छ । बैंकको बेसरेट ९.६३ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्