Shikhar Insurance
National Life

पहिलोपटक अर्बपति क्लबमा सेन्चुरी बैंक, नयाँ सीईओ कमाल देखाउँदै

सिंहदरबार संवाददाता
२०७९ बैशाख ७, बुधबार ०६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपानेको टिमले कमाल गरेको छ । बैंकले सार्वजनिक गरेको चैत मसान्त अवधिको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले पहिलोपल्ट ९ महिनामै अर्ब रूपैयाँ कमाएको हो ।

बैंकको नाफा, वितरणयोग्य नाफा, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थदेखि सबैजसो सूचांकहरुमा व्यापक सुधार गरेको देखिन्छ । सीईओ न्यौपानेले चालु आवको पहिलो दिनदेखि कायम मुकायमका रूपमा काम गरेका थिए भने २०७९ वैशाख २ गतेदेखि उनी म्यानेजमेन्ट चिफ बनेका छन् । न्यौपानेको नेतृत्वमा कोरोना कालमा पनि रिकभरीलाई उच्च प्राथमिकताका साथ अघि बढाएको सेञ्चुरीले डिजिटलाइजेशनमा पनि केहि नयाँ काम गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६ महिनामै आफ्नो व्यवसायीक कौशल देखाएका न्यौपानले ९ महिनाको तथ्यांकमा बैंकलाई अपूर्व उपलब्धि हासिल गराएका हुन् ।

९ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले इतिहासमै पहिलोपल्ट १ अर्ब रूपैयाँ बढी अर्थात् १ अर्ब १ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा १८३.५९ प्रतिशत बढी हो । आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले ३५ करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यसबीचमा बैंकको सञ्चालन मुनाफा २१२.७६ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ कायम भएको छ भने खुद सञ्चालन आम्दानी ७८.७४ प्रतिशतले बढेको छ ।

खुद मुनाफामा उल्लेख्य उपलब्धि हासिल गरेको बैंकले वितरणयोग्य नाफामा पनि फड्को मारेको छ । बैंकको वितरणयोग्य मुनाफा ५१ करोड २२ लाख रुपैयाँ पुगेको हो जुन अघिल्लो आवको चैत मसान्तसम्मको २२ करोड २९ लाखभन्दा १२९.८३ प्रतिशत बढी हो ।

बैंकले विषम परिस्थितिमा पनि व्यवसाय विस्तार गर्दै यो उपलब्धि हासिल गरेको जनाएको छ ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ३.६ प्रतिशतबाट सामान्य बढेर ९.९४ प्रतिशतमा आइपुगेको छ । यसो हुँदा खुद ब्याज आम्दानी ११.६६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ पुर्‍याउन बैंक सफल भएको छ ।

९ महिनामा बैंकले साढे ११ प्रतिशतले कर्जा विस्तार गरेको छ । २०७८ असार मसान्तसम्म सर्वसाधारणलाई ७८ अर्ब ७ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको बैंकले यस्तो कर्जा विस्तार गर्दै ८७ अर्ब २ करोड २७ लाख रुपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेपमा भने सामान्य कमी आइ ९० अर्ब ५२ करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी भएको सेञ्चुरीले रिर्जभमा ४७ करोड रुपैयाँ थपेको छ । एक वर्षको अवधिमा रिजर्भ ३५.२० प्रतिशतले विस्तार भइ १ अर्ब ७९ करोड ८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १४.१७ रुपैयाँ कायम भएको छ । गत वर्षको चैत मसान्तसम्म ईपीएस ५.२९ रूपैयाँमात्र थियो । यस्तै प्रतिसेयर नेटवर्थ पनि ६.३५ रुपैयाँले बढेर १२४.१६ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यता खराब कर्जा २.९६ प्रतिशतबाट घटेर १.६ प्रतिशत कायम हुँदा कस्ट अफ फन्ड सामान्य बढेको छ । बैंकको बेसरेट ९.६३ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्